कृषि कर्जा साधारण कृषकको पहुच सम्म पुर्‍याउने सरल उपाय खोजौं:  प्रमुख पौडेल

पाेखरा | मंसिर ३०, २०८०

कृषि कर्जा साधारण कृषकको पहुच सम्म पुर्‍याउने सरल उपाय खोजौं:  प्रमुख पौडेल

पोखरा:    जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले   कृषि कर्जा साधारण कृषकको पहुच सम्म पुर्‍याउने सरल उपाय खोजि गरि कर्जा प्रवाह सजिलो बनाउन आग्रह गरेका छन् ।


अहिलेको प्रक्रिया केही झन्झटिलो र उत्पादनका काम नै छोडेर कृषकहरू कर्जा प्रक्रियामा  लाग्नुपर्ने गुनासो आएको भन्दै सरोकारवाला मन्त्रालयले यस विशेषमा  ध्यान दिएर सरल प्रक्रिया अबलम्बन गर्नुपर्ने  उल्लेख गरें ।


प्रमुख पौडेलले सो कुरा प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना , परियोजना कार्यान्वयन एकाइ कास्कीको आयोजनामा “ सहुलियत कृषि कर्जा कार्यान्वयनका लागि अन्तरक्रिया कार्यक्रमको   शुक्रबार उद्घाटन गर्दै बताएका हुन् ।


पौडेलले  सरलिकृत अनुदान रकम  बितरण प्रक्रिया  सर्बसाधारण कृषकको पहुचमा नपुगेसम्म कुनै पनि कृषि उत्पादनमा देश आत्मनिर्भर हुन नसक्ने र  समृद्धिका नारा निरर्थक हुने जिकिर गरे ।


उनले  श्रम र बजारलाई जोड्ने नीति निर्माण गरि कृषि उत्पादनको बजारीकरण गर्न  तदारुकता राज्यले देखाउनु पर्ने बताए । कर्जा प्रक्रिया सरल बनाउन रास्ट्र बैंकले समेत विशेष नीति बनाउनु पर्ने उनको जोड थियो ।

 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्